Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विदेशी होनहार खेलाडीले नेपालको प्रशंसा गर्दा गर्वले छाति फुल्यो : रवि लामिछाने

विदेशी होनहार खेलाडीले नेपालको प्रशंसा गर्दा गर्वले छाति फुल्यो : रवि लामिछाने

  • बुधवार, भाद्र २० २०८०

  • 1.0K
    SHARES

  • विदेशी होनहार खेलाडीले नेपालको प्रशंसा गर्दा गर्वले छाति फुल्यो : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गर्दा गर्वले छाति फुलेको बताउनु भएको छ।

    एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुग्नुभएका सभापति लामिछाने बुधबार स्वदेश फर्कने क्रममा विमानस्थलमा प्रतिक्रिया दिँदै आफू गौरवान्वित भएर फर्किएको बताउनु भयो।

    लामिछानेले भन्नुभयो, “संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे। त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ।” यस्तै उहाँले आफू त्यसको प्रत्यक्षदर्शी हुन पाएकोमा झनै बढी गर्व लागेको पनि बताउनु भयो।

    सभापति लामिछानेले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताउनु भयो। उहाँले आफू राजनीतिक दलको नेतृत्वमा पुगेको र दल संसद्मा पनि रहेको भन्दै दलले के गर्न सकिन्छ, त्यो गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।


    बुधवार, भाद्र २० २०८००२:४५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij