Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ 

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ 

  • शनिवार, भाद्र २३ २०८०

  • 1.3K
    SHARES

  • सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ 
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भन्सार अधिकृत पुष्पा जोशी तथा नासुद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
     
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार(आज) पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
     
    ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् ।
     
    सुन तस्करी प्रकरणमा आज पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


    शनिवार, भाद्र २३ २०८००२:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij