Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

  • सोमवार, भाद्र २५ २०८०

  • 567
    SHARES

  • श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं
    काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारीमा जाने श्रम गन्तव्य देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखलाई सरकारले काठमाडौं बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग २ दिने बैठक आयोजना गर्नुभएको छ ।  
    बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गर्ने जनाइएको छ । बैठकमा श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने बताइएको छ । 
     
    ‘वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । 
     
    बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।  छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाइएको छ । 
     
    बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने बताइएको छ । यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक भइरहेको बताइएको छ । बैठक मंगलबार र  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्नेछ ।
     


    सोमवार, भाद्र २५ २०८००७:४५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij