Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा एकैदिन थपिए १५ सय ५१ कोरोना सक्रमित, २३ सय ४० जना डिस्चार्ज

नेपालमा एकैदिन थपिए १५ सय ५१ कोरोना सक्रमित, २३ सय ४० जना डिस्चार्ज

  • मंगलवार, आश्विन २० २०७७

  • 738
    SHARES

  • नेपालमा एकैदिन थपिए १५ सय ५१ कोरोना सक्रमित, २३ सय ४० जना  डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएकोमा थप १५ सय ५१ जना संक्रमित थपिएका हुन् । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज २३ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६७ हजार पाँच सय ४२ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमित निको हुने दर ७४.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

    सक्रिय संक्रमितको संख्या २२ हजार सातसय नौ पुगेको छ । संस्थागत आइसोलेसनमा नौ हजार एक सय १८ जना र होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ४३ जना आइसियू र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।


    मंगलवार, आश्विन २० २०७७०४:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij