Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दै

  • सोमवार, भाद्र २५ २०८०

  • 592
    SHARES

  • समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दै
    काठमाडौं । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्नुहुने छ। 
     
    भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरूबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरू प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।
     
    मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् । पहाडी जिल्लाबाट भने प्रतिनिधिमूलक रुपमा कार्यकर्ताहरूको सहभागिता रहनेछ ।


    सोमवार, भाद्र २५ २०८०१०:३५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij