Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन

एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन

  • सोमवार, भाद्र २५ २०८०

  • 1.1K
    SHARES

  • एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।

    सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ ।

    जसअनुसार नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न राखिनुपर्ने उनीहरुको माग छ । ४० प्रतिशत सदस्यको निवेदनपछि २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान व्यवस्था छ ।


    सोमवार, भाद्र २५ २०८००२:२६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij