Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसिया कपः श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा प्रवेश

एसिया कपः श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा प्रवेश

  • बुधवार, भाद्र २७ २०८०

  • 977
    SHARES

  • एसिया कपः  श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा प्रवेश

    काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो ।

    भारतले अब सुपर फोरको अन्तिम खेलमा आगामी शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ ।

    यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ । यदि वर्षाका कारण खेल नभएमा श्रीलङ्का नेट रनरेटमा अघि रहँदै फाइनलमा पुग्नेछ । बङ्गलादेश भने दुवै खेल हार्दै बाहिरिसकेको छ । फाइनल खेल आइतवार हुनेछ


    बुधवार, भाद्र २७ २०८००६:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij