Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थप ३ क्विन्टलभन्दा बढी सुन तस्करी भएको सीआईबीको निष्कर्ष, हालसम्म ३२ जना पक्राउ

थप ३ क्विन्टलभन्दा बढी सुन तस्करी भएको सीआईबीको निष्कर्ष, हालसम्म ३२ जना पक्राउ

  • बुधवार, भाद्र २७ २०८०

  • 1.1K
    SHARES

  • थप ३ क्विन्टलभन्दा बढी सुन तस्करी भएको सीआईबीको निष्कर्ष, हालसम्म ३२ जना पक्राउ

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ’ब्रेक सु’ लगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७ ८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

    सीआईबीले पत्रकार सम्मेलनपछि आज जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ ।
    सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।

    उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।
    यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।

    सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो । त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ ।

    गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो ।


    बुधवार, भाद्र २७ २०८०१२:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij