Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, आश्विन २१ २०७७

  • 864
    SHARES

  • बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल ।  बुटवलमा २ जना कोरोना संक्रमितको मृत्युु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुु भएको छ ।

    स्वास्थ्यमा समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको आज बुधवार बिहान  मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताउनुुभएको छ ।

    त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो । मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।


    बुधवार, आश्विन २१ २०७७०७:४०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij