Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

  • सोमवार, आश्विन १ २०८०

  • 609
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।  न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।
     
    भेटमा उनीहरू बीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
     
    प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएको छ ।
     
    प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने छ । न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । 
     
    उहाँले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।


    सोमवार, आश्विन १ २०८०१०:५१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij