Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

  • सोमवार, आश्विन १ २०८०

  • 874
    SHARES

  • राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं । राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

    बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने बताउनुभयो। ‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्छ’, थापाले भन्नुभयो ।


    सोमवार, आश्विन १ २०८००५:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij