Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनले जनाए शिक्षा विधेयकमा असहमति

बालेनले जनाए शिक्षा विधेयकमा असहमति

  • बुधवार, आश्विन ३ २०८०

  • 1.3K
    SHARES

  • बालेनले जनाए शिक्षा विधेयकमा असहमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताउनुभएको छ ।

    स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको वर्खिलाफ रहेको उहाँको जिकिर छ ।

    शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गर्नुभएको छ । ‘विद्यालय शिक्षा बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन् ।’

    तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन उहाँको आग्रह छ । यस्ता अवरोध पुर्याउनेलाई कानून र संविधानअनुसार कारवाही गर्ने चेतावनी शाहले दिनुभएको छ ।


    बुधवार, आश्विन ३ २०८००६:४२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij