Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

  • शुक्रवार, आश्विन ५ २०८०

  • 556
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो ।

    महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड–बाइडेन भेट भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ ।

    भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।


    शुक्रवार, आश्विन ५ २०८०१२:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij