Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

नेपालसँगको सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहन्छौं : चिनियाँ राष्ट्रपति सी

नेपालसँगको सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहन्छौं : चिनियाँ राष्ट्रपति सी

  • शनिवार, आश्विन ६ २०८०

  • 622
    SHARES

  • नेपालसँगको सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहन्छौं : चिनियाँ राष्ट्रपति सी
    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताउनुभएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको प्रतिनिधिमण्डलसँग राष्ट्रपति सीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहेको बताएको नेपालका लागि चिनियाँ राजदूत छन सोङले जानकारी दिनुभयो ।
     
    भेटपछि राजदूत सोङले ट्वीटमा भन्नुभयो, ‘राष्ट्रपति सीले चीन(नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न नेपालसँग विकास रणनीतिको सहकार्यलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिएको बताउनु भएको छ।’
     
    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्त्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताउनुभएको छ । सोङले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई अझ न्यायोचित र तर्कसंगत दिशामा अघि बढाउन, विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न नेपाल इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो।’
     
     झेजियाङको राजधानी सहर हाङ्झाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरूबीच औपचारिक भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । 
     
    उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो ।
     
    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले सहमति जनाइसकेको स्मरण गर्नुभयो । 


    शनिवार, आश्विन ६ २०८००७:५१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij