Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीमा सरकारकै संलग्नता रहेको एमालेको दाबी, बन्ला त उच्चस्तरीय छानबिन समिति? (खास खबर) 

सुन तस्करीमा सरकारकै संलग्नता रहेको एमालेको दाबी, बन्ला त उच्चस्तरीय छानबिन समिति? (खास खबर) 

  • शनिवार, आश्विन ६ २०८०

  • 792
    SHARES

  • सुन तस्करीमा सरकारकै संलग्नता रहेको एमालेको दाबी, बन्ला त उच्चस्तरीय छानबिन समिति? (खास खबर) 
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएपछि सरकारको चर्को आलोचनाका बीच प्रतिपक्षी दल नेकपा एमाले पनि निकै आक्रामक बन्यो । यत्तिसम्मकी सत्तापक्षकै सांसदहरू पनि सरकारविरुद्ध खनिए । कांग्रेस सांसद सुनिल शर्माले  गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको तस्करीमा प्रत्यक्ष हात रहेको दाबी गरे । उल्टै सरकारले उनलाई नक्कली प्रमाणपत्रको निहुँमा एकरात हिरासतको बास गरायो । गृहमन्त्री र अर्थमन्त्रीको निर्देशनमा शर्मा पक्राउ परेपनि दोस्रो दिन रिहा हुनुभयो । 
     
    संसद्मा पनि सुन तस्करीको विषय पेचिलो बन्यो । एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै बारम्बार संसद् अवरुद्ध गर्न थालेपछि सत्ता गठबन्धनका दलहरूले समिति बनाउने बाचा गरे । उक्त समिति बन्ने दिन असोज ५ गते हो । समिति बनाउने विषयमा एमाले र सत्ता घटक दलहरूबीच छलफल भएपनि निष्कर्षविहीन बनेको छ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको सेटिङ बिना यो तस्करी सम्भव नभएको दाबी गर्दै अब बन्ने आयोगले यसलाई स्पष्ट रुपमा छानबिनमा ल्याउनुपर्ने बताउनुभयो । 
     
    सत्तापक्षका सांसदहरूले यसअघि नै एमालेको लाज छोप्नका निम्ति असोज ६ गतेसम्मको समयसीमा दिएको बताउँदै आएका थिए । तर, एमालेले त्यसको प्रतिकार गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण अगाडि पनि छानबिन समितिका लागि सरसल्लाह भइरहेको दाबी गर्नुभएको थियो । माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले राष्ट्रियस्तरका दलहरूको निर्णय अनुसार अघि बढौँ भन्दा एमालेले नमान्दा समस्या भएको दाबी गर्नुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि आयोगको क्षेत्राधिकार र कामकारबाहीबारे एमालेसँग मतभिन्नता भएको बताउनुभयो । 
     
    राजनीतिक विश्लेषकहरूले राज्यका भएका अनुसन्धान संयन्त्रहरूलाई प्रयोग गरी त्यसको निष्पक्षताका लागि छानबिन समिति बनाउन सही भएको तर्क गरेका छन् । समितिले अनुसन्धानको ब्याक बोनको काम गर्ने विश्लेषक भेषराज घिमिरेको बुझाइ छ । 
     
    नेपाल सुन तस्करीको अखडा बन्दै जाँदा पनि यहाँको राज्य संयन्त्रले उचित छानबिन गर्न सकेको छैन । सरकारमाथि नै प्रश्न उठिरहेका बेला त्यसका मन्त्रीहरूले समेत राजीनामा दिने हिम्मत गरेनन् । उल्टै भइरहेको अनुसन्धानलाई प्रभावित पार्न प्रहरीहरूको सरुवा गरियो ।
     
    कुनै बेला बिकिनी किलर चाल्र्स शोभराजले नेपालको विमानस्थलमा हात्ती छिराइदिन्छु भनेको विषय आज आएर प्रमाणित भइरहेको छ । अध्यागमन विभागको मञ्जुरी बिना सियो ल्याउन नसकिने विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रिनु आफैमा रहस्यपूर्ण रहेको छ । 
     


    शनिवार, आश्विन ६ २०८००८:१४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij