Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको रकम अझै आएन : कप्तान पौडेल

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको रकम अझै आएन : कप्तान पौडेल

  • आइतवार, आश्विन ७ २०८०

  • 1.5K
    SHARES

  • सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको रकम अझै आएन : कप्तान पौडेल

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् ।

    एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’

    २८ भदौमा एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए ।तर पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।

    पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिंदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् । एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको भन्दै पदक जित्ने नै लक्ष्य रहेको बताए ।


    आइतवार, आश्विन ७ २०८००१:३२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij