Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा 

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा 

  • आइतवार, आश्विन ७ २०८०

  • 747
    SHARES

  • प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा 
    काठमाडौं । सर्वोच्च अदालतमा आइतबार(आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।
     
    उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ । अदालत स्रोतका अनुसार आगामी मंसिर १८ मा निर्णय सुनाउने तयारी छ ।
     
    प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ भएको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गर्नुभएको थियो।
     
    शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिनुभएको थियो । अदालतको आदेश र फैसला नै नमान्ने अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रचण्डलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको थियो । 


    आइतवार, आश्विन ७ २०८००४:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij