Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य?

राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य?

  • आइतवार, आश्विन ७ २०८०

  • 4.1K
    SHARES

  • राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य?
    काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ। टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेसिनहरू मर्मत सम्भार गरेर मुद्रणसम्बन्धी कार्य सुरू गरेको हो। 
     
    महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभएको हो ।
     
    महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी बजारमा ल्याएको हो। १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ। 
     
    बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जानकारी दिएको छ। दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ। 
     
    दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ। दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता सर्वसाधारणबाट हुने सिक्काको मागलाई दिइने महाशाखाले जनाएको छ।
     
    बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो।


    आइतवार, आश्विन ७ २०८००४:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij