Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
नेपाली बहस

चिनी ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : अब्दुल खान

चिनी ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : अब्दुल खान

  • सोमवार, आश्विन ८ २०८०

  • 792
    SHARES

  • चिनी ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : अब्दुल खान
    काठमाडौं । जनमत पार्टीका नेता एवं संसद्को उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले सरकारले चिनी ल्याउन नसके निजी क्षेत्रलाई जिम्मा दिनु उचित हुने बताउनुभएको  छ ।
     
    चाडपर्वको आउन १५–२० दिन मात्र बाँकी रहेको अवस्थामा बजारमा चिनीको कृत्रिम अभाव रहेको तथा चिनीको मूल्य प्रतिकिलो १४० देखि २०० रुपैयाँसम्म पुगेकोले सात दिने सूचना निकालेर निजी क्षेत्रलाई चिनी ल्याउने जिम्मा दिनेबारे छलफल चलिरहेको उहाँले बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै  नेता खानले निजी क्षेत्र पनि देशकै एउटा स्तम्भ भएकाले उसलाई चिनी ल्याउने जिम्मा दिँदा आपत्ति नहुने पनि बताउनुभयो । 
     
    संसदीय समितिले मूल्यवृद्धि कर पूरै छुटसहित १ प्रतिशत भन्सार सहुलियत दिने गरी आयातको व्यवस्था मिलाउन वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो । समितिले कालोबजारी अनुगमनका लागि ६ वटा उपसमिति बनाइसकेको र वाणिज्य मन्त्रालयले पनि ७५३ पालिकामा अनुगमन गर्ने नेता खानले बताउनुभयो ।
     


    सोमवार, आश्विन ८ २०८०१०:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij