Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  • मंगलवार, आश्विन ९ २०८०

  • 617
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता जगन्नाथ  खतिवडाले जानकारी दिनुभयो । 
     
    गत महिना बसेको नेकपा एसको केन्द्रीय  समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा/मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । 
     
    अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश सचिवालय सदस्य र जिल्ला पदाधिकारी रहेको २००१ सदस्यीय मूल समारोह आयोजक कमिटी गठन गरेको छ । प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटी  सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।


    मंगलवार, आश्विन ९ २०८००१:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij