Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन

नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन

  • बुधवार, आश्विन १० २०८०

  • 811
    SHARES

  • नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन

    काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ ।

    नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।

    निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताउनुभयो ।

    अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटाउने प्रयास गरेपनि सफल भएनन् ।

     


    बुधवार, आश्विन १० २०८००३:१५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij