Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल हिँडेरै पुगे बसन्तपुर

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल हिँडेरै पुगे बसन्तपुर

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.1K
    SHARES

  • इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल हिँडेरै पुगे बसन्तपुर
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुर  पुग्नुभएको छ।  केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुग्नुभएको हो।  आजको दिन मुख्य रुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ।
     
    इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयर/उपमेयरलगायतका पदाधिकारीहरू हुनमानढोका पुग्नुभएको छ।
     
    काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी साधनमा रोक लगाएपछि उनीहरू सबै हिँडेरै बसन्तपुर पुग्नुभएको हो।  रथयात्रा हेर्न सर्वसाधारणदेखि विदेशी पाहुनाको भीड लागेको छ।
     
    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
     
    यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ 


    बिहिवार, आश्विन ११ २०८००४:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij