Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हङकङ र सिन्जियाङ मामिलामा क–कसले दिए चीनलाई साथ ?

हङकङ र सिन्जियाङ मामिलामा क–कसले दिए चीनलाई साथ ?

  • बिहिवार, आश्विन २२ २०७७

  • 2.0K
    SHARES

  • हङकङ र सिन्जियाङ मामिलामा क–कसले दिए चीनलाई साथ ?

    एजेन्सी । हङकङ र सिन्जियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयमा चीनले ७० भन्दा बढी देशको समर्थन पाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभाको तेस्रो कमिटीको बैठकमा चीनको पक्षमा धेरै देशले आफ्नो मत राखेको जनाएको छ ।

    राष्ट्रसंघको जनरल डिबेटसम्बन्धि तेस्रो कमिटीको बैठकमा हङकङको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५ वटा देशको तर्फबाट र सिन्जियाङको विषयमा क्युबाले ५५ देशको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन गरेका छन् ।

    वक्तव्यमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्रसंघको एउटा महत्वपूर्ण सिद्धान्त भएको स्मरण गराइएको छ । वक्तव्यमा हङकङमा चीनको एक मुलुक, दुई प्रणालीको नीतिको समेत समर्थन गरिएको छ ।

     


    बिहिवार, आश्विन २२ २०७७०३:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij