काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै धेरै जना कोरोना भाइरस (कोभिड –१९) संक्रमित पहिचान भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार हजार ३६४ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनामा पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पहिचान भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या कुल ९८ हजार ६१७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना निको भएर घर फर्केका छन् ।
योसँगै देशभर २६ हजार ६८४ सक्रिय संक्रमित पुगेका छन् । देशभरका ७१ हजार ३४३ संक्रमित जना निको भएका छन् ।
बुधबार तीन हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।