Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

  • शनिवार, आश्विन १३ २०८०

  • 958
    SHARES

  • नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त
    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त हुनुभएको छ ।​
     
    कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
     
    सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको दलित सङ्घमा विश्वकर्मालाई नियुक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
     
    image-113.png


    शनिवार, आश्विन १३ २०८००३:५९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij