Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिका र चीन भ्रमण सफल रहेको प्रधानमन्त्रीको दाबी, एमाले भन्छ— बीआरआई कार्यान्वयनमा सोचे जति प्रगति भएन(खास खबर)

अमेरिका र चीन भ्रमण सफल रहेको प्रधानमन्त्रीको दाबी, एमाले भन्छ— बीआरआई कार्यान्वयनमा सोचे जति प्रगति भएन(खास खबर)

  • शनिवार, आश्विन १३ २०८०

  • 801
    SHARES

  • अमेरिका र चीन भ्रमण सफल रहेको प्रधानमन्त्रीको दाबी, एमाले भन्छ— बीआरआई कार्यान्वयनमा सोचे जति प्रगति भएन(खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ ।  संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका जानुभएका प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा जानुभएको थियो । 
    चीनको एक साता लामो भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज बिहान सवा ११ बजे काठमाडौं ओर्लिनु भएको हो ।  प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भ्रमणका बारे जानकारी दिँदै समग्र रुपमा भ्रमण सफल भएको ठानेको जानकारी दिनुभयो ।
     
    चीन भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एकअर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको प्रचण्डको भनाई छ । चीन भ्रमणले राजनीतिक तहमा विश्वासको वातावरण बनेको दाबी पनि प्रधानमन्त्री प्रचण्डको छ।  प्रधानमन्त्री ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभयो।  
     
    प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीय रुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिनुभयो । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । 
     
    आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताउनुभयो। चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
     
    प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण फलदायी भइरहेको बत्ताइरहँदा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री नै चीन पुगिसकेको अवस्थामा चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे जुन तहबाट छलफल र कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउनुपर्ने हो तर त्यो हुन नसकेको जनाएको छ।
     
    एमाले सचेतक महेश बर्तौला कुनै पनि देशसँग हामी सम्झौता गर्छौ हस्ताक्षर गर्छौ तर कार्यान्वयनको पाटोमा कमजोरी रहने भन्दै प्रधानमन्त्रीको चीन भ्रमण औसत रहेको बताउनुहुन्छ । 
     
    सम्झौता र समझदारीमा हस्ताक्षर गरेपछि अर्को भ्रमण नहुँदासम्म नसम्झने पहिलेको चलन दोहोरिएन भने प्रधानमन्त्री प्रचण्डको भ्रमणको उपलब्धि देखा पर्ला । यसैले सरकारी पक्षले भ्रमण ‘अपेक्षा गरेभन्दा बढी’ सफल र उपलब्धिमूलक भएको प्रचार गर्नुभन्दा कार्यान्वयनको चरणमा ध्यान दिनु उचित हुनेछ ।
     


    शनिवार, आश्विन १३ २०८००८:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij