Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद्‌मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (पूर्णपाठ)

संसद्‌मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (पूर्णपाठ)

  • आइतवार, आश्विन १४ २०८०

  • 490
    SHARES

  • संसद्‌मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (पूर्णपाठ)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताउनुभएको छ । 
     
    आइतबारको प्रतिनिधि सभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको पनि जनाउनुभएको हो । 
     
    ‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्ग प्रशस्त भएको छ’, प्रचण्डले भन्नुभएको छ, ‘र, अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ ।’
     
    साथै उहाँले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सहयोग पुग्ने भन्दै अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको जनाउनुभएको छ ।
     


    आइतवार, आश्विन १४ २०८००२:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij