Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसियाली खेलकुदः भारतले दियो नेपाललाई २ सय ३ रनको चुनौति

एसियाली खेलकुदः भारतले दियो नेपाललाई २ सय ३ रनको चुनौति

  • मंगलवार, आश्विन १६ २०८०

  • 543
    SHARES

  • एसियाली खेलकुदः भारतले दियो नेपाललाई २ सय ३ रनको चुनौति

    काठमाडौं ।  १९औं एसियाली खेलकुदको क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको चुनौति दिएको छ।  चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। भारतले चार विकेट गुमाएर २ सय २ रन बनायो। 

    ओपनर यजस्वी जैसवालले शतक पूरा गरे। जैशवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै  जैसलावले ४८ बलमा शतक पूरा गरेका थिए।

    भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भने रिंकु सिंहले ३७ रन बनाएर नआउट रहँदा शिभम दुवे २५ रनमा अविजित रहे। 

    नेपालका दिपेन्द्रले २ तथा संदीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। 

     

     


    मंगलवार, आश्विन १६ २०८००८:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij