Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दोलखामा ११ किलो सुन तस्करी : काठमाडौंबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ

दोलखामा ११ किलो सुन तस्करी : काठमाडौंबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.2K
    SHARES

  • दोलखामा ११ किलो सुन तस्करी : काठमाडौंबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ

    काठमाडौं । दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

    योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।

    यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो । गत असोज ११ गते दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो ।

    त्यसको भोलिपल्ट थप ३ किलो सुन फेला परेको थियो । त्यसपछि असोज १४ गते लामाबगरमा थप ४ किलो सुन फेला परेको थियो ।


    मंगलवार, आश्विन १६ २०८००१:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij