Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

  • बिहिवार, आश्विन १८ २०८०

  • 1.2K
    SHARES

  • ‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
    काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्मा को एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
     
    रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
     
    आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गर्नुभएको छ। उहाँले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गर्नुभएको छ ।


    बिहिवार, आश्विन १८ २०८०१२:५८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij