Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्छ : प्रभु साह

विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्छ : प्रभु साह

  • शुक्रवार, आश्विन १९ २०८०

  • 791
    SHARES

  • विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्छ : प्रभु साह

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    अध्यक्ष साहले संसदमा पेश गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताउनुभएको हो। शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोडने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरुलाई बैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

    अध्यक्ष साहले भन्नुभयो, ‘यो विधेयकले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन । अहिले पनि कयौं बालबालिकाहरु विद्यालयभन्दा बाहिर छन । उनीहरुलाई कसरी विद्यालयमा ल्याउने भन्ने कुरा पनि विधेयकमा देखिँदैन । कयौं विद्यालयहरु, जो अवैधानिक ढंगले चलिराखेको छ । त्यसलाई वैधानिक बनाउने कुनै सोच पनि देखिँदैन । उत्पादनमूलक बनाउने सोच पनि देखिँदैन । विधेयकको लागि विधेयक ल्याएर कुनै काम छैन । त्यसैले यो विधेयकलाई फिर्ता गरेर नयाँ ढंगले ल्याउन म आग्रह गर्दछु । यदी त्यो फिर्ता गर्न सकिदैन भनेर त्यसमा ग्रेड डिबेट चलाएर गुणात्मक बदलावका साथ अगाडि बढाउनु पर्छ ।’

    अध्यक्ष साहले सो विधेयकले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत समेटन नसकेको जिकिर गर्नुभयो ।


    शुक्रवार, आश्विन १९ २०८००२:०४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij