काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।
त्यस्तै, बिहीबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।