Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने

  • सोमवार, आश्विन २२ २०८०

  • 682
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने
    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ः३० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
     
    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
     
    यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
     
    यसैगरी सभामुख घिमिरेले उक्त विद्युत विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
    Screenshot 2023-10-09 065128.png


    सोमवार, आश्विन २२ २०८००६:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij