Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

  • बुधवार, आश्विन २४ २०८०

  • 668
    SHARES

  • पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले बताउनुभयो ।

    विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

    दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर, त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

    भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सीआईबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका छन् । तर मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर उनका छोरा र अरु ३ जनालाई प्रतिवादी बनाएको छ ।

     


    बुधवार, आश्विन २४ २०८००१:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij