Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

  • बुधवार, आश्विन २४ २०८०

  • 593
    SHARES

  • पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर
    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार(आज) राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकरणमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध  मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले बताउनुभयो ।
     
    विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिब ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
     
    दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्करले भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।
     
    भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सीआईबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका छन् । तर मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर उनका छोरा र अरू ३ जनालाई प्रतिवादी बनाएको छ ।
     
    सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ ।


    बुधवार, आश्विन २४ २०८००४:३४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij