Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोली

कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोली

  • बिहिवार, आश्विन २५ २०८०

  • 790
    SHARES

  • कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोली

    काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि लिइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि लिने भएको हो।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ। प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी गरेका छन्।

    नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। काठमाडौंमा आज बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनको निर्णयविपरीत पार्टीको संस्थापनइतर र नेकपा (एमाले)का प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले पनि मुख्यमन्त्री दाबी गरेका छन्।

    प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय आज गर्न नसकिएको बताउनुभयो । दुई जनाले दाबी पेस गरेका कारण भोलि निर्णय लिने कुरा प्रदेश प्रमुख खापुङलेले गर्नुभएको उहाँले बताउनुभयो ।

     


    बिहिवार, आश्विन २५ २०८००९:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij