Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

  • शुक्रवार, आश्विन २६ २०८०

  • 667
    SHARES

  • प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित
    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार(आज) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरूको शुभकामना व्यक्त गर्दै कार्तिक १२ गते आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 
     
    आजको बैठकले बिद्युत् विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरूको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।  
     
    थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृह जिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।


    शुक्रवार, आश्विन २६ २०८००४:०८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij