Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले भीआईपी र सर्वसाधारणलाई विजयादशीको टीका लगाइदिने

राष्ट्रपतिले भीआईपी र सर्वसाधारणलाई विजयादशीको टीका लगाइदिने

  • बिहिवार, कार्तिक २ २०८०

  • 682
    SHARES

  • राष्ट्रपतिले भीआईपी र सर्वसाधारणलाई विजयादशीको टीका लगाइदिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाउनु हुने भएको छ ।

    राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

    राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरुलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, संघीय सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु तथा विशिष्ट व्यक्तिहरु रहनेछन् ।

    यस्तै निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले राष्ट्रपतिबाट टीका ग्रहण गर्न सक्नेछन् । राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोशाकमा आउन आग्रह गरेको छ ।


    बिहिवार, कार्तिक २ २०८००३:४०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij