Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हाम्रो कमजोरीले संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुग्यो : रमेश लेखक

हाम्रो कमजोरीले संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुग्यो : रमेश लेखक

  • बिहिवार, कार्तिक १६ २०८०

  • 457
    SHARES

  • हाम्रो कमजोरीले संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुग्यो : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नेपालको संविधान २०७२ ल्याउने दलहरु बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

    बिहीबार संघीय संसदको चालु अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बनाउन नसक्दा गणतन्त्र र संविधानविरुद्ध प्रायोजित रुपमा धारणा राख्नेहरुलाई बल पुगेको टिप्पणी गर्नुभयो ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा यदाकदा प्रायोजित रुपमा आवाजहरु उठाइने गरेको छ । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिँदैछ,’ प्रमुख सचेतक लेखकले भन्नुभयो।

    अहिलेको संविधान असफल बनाउने छुट कसैलाई नरहेको पनि उहाँले बताउनुभयो। मुलुकमा धेरै राजनीतिक संघर्ष, क्रान्तिहरु, बलिदानहरु, ठूला–ठूला योगदानहरु, राजनीतिक अभियानहरु र ७० वर्ष लामो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो नगर्ने उल्लेख गर्दै उनले संविधान सफल गर्नु संसदको समेत दायित्व भएको उहाँले बताउनुभयो ।

    संघीय संसदको चालू अधिवेशन २४ वैशाख २०८० देखि शुरु भएको हो । झण्डै सात महिना चलेको अधिवेशनमा गर्न सकिने धेरै काम नगरिएको वा नभएको प्रमुख सचेतक लेखकले बता । यसका पछाडि संसदमा भएको अवरोध लगायतका घटना भएको उहाँको भनाइ छ ।


    बिहिवार, कार्तिक १६ २०८००१:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij