Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदमा माधव नेपालले प्रचण्डलाई खोजेपछि...

संसदमा माधव नेपालले प्रचण्डलाई खोजेपछि...

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.0K
    SHARES

  • संसदमा माधव नेपालले प्रचण्डलाई खोजेपछि...

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खोज्नुभएको छ ।

    बैठकमा आफ्नो धारणा राख्दै गर्दा अध्यक्ष नेपालले संसद् अधिवेशनको अन्तिम दिन सदनले गरेका कामकारबाहीको समीक्षा हुँदा प्रधानमन्त्रीले समेत सुन्नुपर्नेमा बैठकमा प्रधानमन्त्री नदेखिएको बताउनुभयो ।

    ‘आज हामी संसद् अधिवेशनको अन्तिम दिनमा उपस्थित भएका छौँ । प्रधानमन्त्री ज्युलाई म देखिरहेको छैन । कहाँ जानुभएको छ थाहा भएन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भन्नुभयो, ‘तर सरकारको प्रधानमन्त्रीजीले पनि कुरा सुन्नुहोला भन्ने ठानेको थिएँ ।’

    सदनको यो सेसनको समीक्षा गर्ने, सदनको प्रभावकारिता कसरी बढाउन सकिन्छ, सरकारलाई कसरी जिम्मेवार बनाउन सकिन्छ ? संविधानको परिपालना गर्दै जनताको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भनेर समीक्षा गर्ने अन्तिम दिनमै प्रधानमन्त्री अनुपस्थित रहेकोमा नेपालले गुनासो गर्नुभयो। उहाँले देशको अर्थतन्त्रका बारेमा विज्ञहरुसँग परामर्श बैठक गर्न सांसदहरूले गरेको प्रस्ताव सही भएको भन्दै प्रधानमन्त्रीले त्यसको सुरुवात भएको सुन्न पाइयोस् भन्नुभयो ।

    ‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? यो देशमा मधेसीको एउटा छोरो राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? कि एकजना नेपालकी छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ?’, नेपालको प्रश्न छ ।

    उहाँले नेपालको राजनीतिमा जीवन समपर्ण गरेका व्यक्ति राष्ट्रपति भएकोमा पीडा भएको हो ? भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै देश सञ्चालन गर्ने कुरामा पीडा भएको हो भने राजनीतिमा विकल्पहरु दिन चुनौती दिनुभयो।


    बिहिवार, कार्तिक १६ २०८००३:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij