Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भूकम्प पीडितको राहत र उद्धारमा हातेमालोका लागि प्रचण्डको अपिल

भूकम्प पीडितको राहत र उद्धारमा हातेमालोका लागि प्रचण्डको अपिल

  • शनिवार, कार्तिक १८ २०८०

  • 715
    SHARES

  • भूकम्प पीडितको राहत र उद्धारमा हातेमालोका लागि प्रचण्डको अपिल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गर्नुभएको छ ।

    हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गर्नुभएको हो ।

    उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु। पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’


    शनिवार, कार्तिक १८ २०८००२:३२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij