काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कनु हुने भएको छ ।
आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लाग्नुभएको हो । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेस संयोजक सचिव सूर्यकिरण शर्माले भन्नुभयो ।
आज बिहान पनि प्रचण्ड चढेर गएको हेलिकप्टरले नलगाडबाट ७ जना घाइतेलाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो ।