Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

  • बुधवार, कार्तिक २२ २०८०

  • 2.8K
    SHARES

  • उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

    काठमाडौं । अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिनुभयो ।

    ‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइदियौँ,’ उहाँले भन्नुभयो । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।

    उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् । थप प्रक्रियाका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।

    उनीहरू पहिले नेपालकै नागरिक हुन् । अहिले पूर्ण रूपमा भारतीय नागरिकता लिएका कारण नेपाली मूलका भएपछि फर्काइएको हो । भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

     


    बुधवार, कार्तिक २२ २०८००१:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij