Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भूकम्प :  २६ हजार ५०० भन्दा बढी घर पूरै ध्वस्त (विवरणसहित)

जाजरकोट भूकम्प :  २६ हजार ५०० भन्दा बढी घर पूरै ध्वस्त (विवरणसहित)

  • बुधवार, कार्तिक २२ २०८०

  • 944
    SHARES

  • जाजरकोट भूकम्प :  २६ हजार ५०० भन्दा बढी घर पूरै ध्वस्त (विवरणसहित)
    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट २६ हजार ५०० वटाभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
     
    गृह मन्त्रालयले बुधबार(आज) सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट २६ हजार ५२० वटा घरमा पूर्ण क्षति भएको पाइएको छ । छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको देखिएको छ । जहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको विवरण उल्लेख छ । 
     
    यस्तै जाजरकोटमा ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ । यसैगरी सल्यानका १२९, रोल्पाका १७, जुम्लाका ५, रुकुम पूर्वका २ तथा बैतडी र कालिकोटका १–१ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
     
    त्यस्तै ३५ हजार ३९१ वटा घरमा आंशिक क्षति पुगेको विवरण उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोटमा भएको पाइएको छ । त्यहाँका २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।
     
    त्यसैगरी रुकुम पश्चिमका ९ हजार ९४१ घरमा आंशिक क्षति पुगेको पाइएको छ । कतिपय घर सोमबार आएको अर्को भूकम्पले भत्किएका थिए ।      
    भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरी १५३ जना मानिसको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । भौतिक सम्पत्ति र धन तथा चौपायाको पनि थुप्रै क्षति भएको छ । 
     
    अधिकांश घाइते जाजरकोट र रुकुम पश्चिमका भए पनि केही घाइते रोल्पालगायत अन्य जिल्लाका समेत छन् । 
     
    यस्तो छ विवरणः
    385522101_1467264113832768_2218300513312587345_n_EknGq2GbKT.jpg


    बुधवार, कार्तिक २२ २०८००४:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij