Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, आन्तरिक अर्थतन्त्र कमजोर बनेका बेला राहत, कालान्तरका लागि आहत (खास खबर) 

तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, आन्तरिक अर्थतन्त्र कमजोर बनेका बेला राहत, कालान्तरका लागि आहत (खास खबर) 

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 811
    SHARES

  • तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, आन्तरिक अर्थतन्त्र कमजोर बनेका बेला राहत, कालान्तरका लागि आहत (खास खबर) 
    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । अर्थतन्त्र धराशायी अवस्थामा भएको बेला र नेपालीहरूका चाडबाड आँगनमा भित्रिएको बेला विप्रेषण आएको हो । नेपाल राष्ट्र बैंकले आज जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई  खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । वरिष्ठ अर्थविद् प्राडा चन्द्रमणि अधिकारीका अनुसार चाडबाडको समय भएकोले विप्रेषण बढेको हो । रेमिट्यान्स बढ्दैमा मुलुक समृद्धिको आधार मान्न सकिन्न पछि त्यही रकम उतै फिर्ता हुने अधिकारीको दाबी छ । 
     
    अर्थविद् जनक शाहका अनुसार आन्तरिक अर्थतन्त्र बलियो भएको अवस्थामा बढ्ने रेमिट्यान्सले सकारात्मक असर पार्ने भएपनि अहिलेको अवस्थामा बढेको रेमिट्यान्सले कालान्तरमा असहज परिस्थिति निम्त्याउन सक्छ । सबैभन्दा महत्त्वपूर्ण विषय स्वदेशी उत्पादनलाई बलियो बनाउनुपर्दछ ।
     
    यता, नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । अर्थविद् शाहका अनुसार नेपाली विद्यार्थीहरू साँच्चिकै विदेश पढ्न गइरहेका हुन् भने उनीहरूलाई नेपाल फर्केर काम गर्ने वातावरण सरकारले बनाउनुपर्दछ ।
     
    यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । 
     


    शुक्रवार, कार्तिक २४ २०८००८:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij