Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

  • बुधवार, कार्तिक २९ २०८०

  • 812
    SHARES

  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता
    काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किनुभएको छ । नेता नेपाल गए राति स्वदेश फिर्ता हुनुभएको हो ।   
     
    दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।
     
    ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो। भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ । 
     


    बुधवार, कार्तिक २९ २०८००७:०२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij