Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महिला टी—२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

महिला टी—२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

  • बिहिवार, कार्तिक ३० २०८०

  • 679
    SHARES

  • महिला टी—२० सिरिज : आज नेपाल र हङकङ भिड्दै
    काठमाडौं । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा बिहीबार आज नेपालले हङकङको सामना गर्दैछ। नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ।
     
    पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु टोली हङकङ भने लगातार जितको लक्ष्यसहित मैदानमा हुनेछ।
     
    बुधबार भएको खेलमा हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित निकालेको थियो।
     
    यो सिरिजमा आयोजक हङकङसहित नेपाल, तान्जिनिया र जापानले प्रतिस्पर्धा गर्दैछन्। नेपालले मङ्सिर २ गते जापानसँग अर्को खेल खेल्ने तालिका छ।
     
    शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ।


    बिहिवार, कार्तिक ३० २०८००६:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij