Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महिला टि-२० आई सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

महिला टि-२० आई सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

  • आइतवार, मंसिर ३ २०८०

  • 578
    SHARES

  • महिला टि-२० आई सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

    काठमाडौं । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई पराजित गर्दै नेपाल ४५ रनले विजयी भएको छ। हङकङमा जारी महिला टि—२० आई सिरिजमा आइतबार(आज) बिहान निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको थियो।

    जितका लागि लक्ष्य पछ्याउने क्रममा जापानले निर्धारित  २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो। जापानका लागि आकारी निशिमुराले सर्वाधिक २९ रन र हिनासे गोटोले १६ रन, अहिल्या चन्देलले ११ रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

    नेपालका लागि रुविना क्षेत्री, संगिता राईले, सीता रानामगरले, सोनी पाख्रिनले र खुसी डंगोलले समान १/१ विकेट लिइन्। 

    यस अगाडि टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले ५१ बलमा सर्वाधिक ४३ रन बनाइन्। त्यसैगरी रोमा थापाले २२ रन, पूर्व कप्तान रुविना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन, सीता रानामगरले ५ रन, काजल श्रेष्ठले ३ रन र अस्मिना कर्मचार्यले २ रनको योगदान गरिन्।

    चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आज दिउँसो आयोजक हङ्कङ र तान्जानियाबीच खेलिने छ । 


    आइतवार, मंसिर ३ २०८०१०:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij