Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा मात्रै २२८३ संक्रमित थपिए

काठमाडौँमा मात्रै २२८३ संक्रमित थपिए

  • सोमवार, आश्विन २६ २०७७

  • 1.1K
    SHARES

  • काठमाडौँमा मात्रै २२८३ संक्रमित थपिए

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    संक्रमित हुने मध्ये काठमाडौँका १ हजार ८ सय ८८ भक्तपुरका ११८ र ललितपुरमा २७७ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।


    यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको जानकारी दिए।

    जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले बताए।

     


    सोमवार, आश्विन २६ २०७७०४:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij