Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट

काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट

  • बिहिवार, मंसिर ७ २०८०

  • 944
    SHARES

  • काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन आज : यस्तो छ जुलुसको रुट
    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा बिहीबार(आज) बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ।
     
    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ।
     
    जुलुसमा धार्मिक र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी गराउनुभएको छ। जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायत हुनेछन्।
     
    आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ।

    यस्तो छ जुलुसको रुट:

    suchi.webp


    बिहिवार, मंसिर ७ २०८००६:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij